काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १३ हजार २ सय रुपैयाँ पुगेको छ । फागुन २४ गते हिजो सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो फागुन २४ गते चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.