काठमाडौं । यातायात व्यवस्था विभाग ले छापिएका १ हजार ६७३ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण सार्वजनिक गरेको छ । विभागले सोमबार आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो ।
विभागका अनुसार छापिएका सवारी चालक अनुमतिपत्र सम्बन्धित सेवाग्राहीहरूले लिन सक्नेछन्। लाइसेन्स लिन आउँदा सेवाग्राहीहरूले सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र साथमा लिएर उपस्थित हुनुपर्ने विभागले जनाएको छ ।
विभागले सेवाग्राहीलाई आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो सवारी चालक अनुमतिपत्र प्राप्त गर्न अनुरोध गरेको छ ।





Comments are closed.