काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुग्दै गर्दा यसपटक नेपाली राजनीतिमा युवा पुस्ताको बलियो प्रवेश देखिएको छ।
यस निर्वाचनमा ३५ वर्षमुनिका २३ जना उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। तीमध्ये सबैभन्दा धेरै २० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका छन् । त्यस्तै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी बाट एक–एक जना युवा उम्मेदवारले जीत हासिल गरेका छन् ।
३५ वर्षमुनिका सांसदमध्ये ३० वर्षीया सोविता गौतम प्रमुख चर्चामा छिन्। उनी चितवन–३ बाट ५९ हजार २७७ मत ल्याएर विजयी भएकी हुन् ।
त्यस्तै सुलभ खरेल (रूपन्देही–२), रुविना आचार्य (मोरङ–६), निशा डाँगी (झापा–१), मनीष खनाल (नवलपुर–२), बब्लु गुप्ता (सिरहा–१) लगायत युवा उम्मेदवारहरू पनि निर्वाचित भएका छन् ।
विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा दिएको छ । अब संसद्मा प्रवेश गरेका युवा सांसदहरूले जनताको अपेक्षा कत्तिको पूरा गर्छन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।






Comments are closed.