लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको नेतृत्वका लागि उम्मेदवारी दर्ता

काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपाल, लायन वर्ष २०२६/०२७ का लागि नेतृत्व चयन प्रक्रियाअन्तर्गत डिष्ट्रिक्ट गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन रत्न प्रसाद पराजुली, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन किशोर बराल तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन बलराम सुवेदीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । कार्यक्रममा सहभागी लायन सदस्यहरूले तीनै जना लिडरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

मनोनयन कार्यक्रमको अध्यक्षता नोमिनेशन कमिटी चेयरपर्सन पीएमसिसी लायन गिरधारी शर्माले गरेका थिए, भने फेलोशिप कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष लायन विकास खनालले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा अन्तर्राष्ट्रिय पूर्व डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीको उपस्थिति रहेको थियो । विशेष अतिथिका रूपमा एलसिआइएफ एरिया लिडर तथा आईडी इन्डोर्सी राजन लम्साल र पोखरा महानगरपालिकाका प्रमुख तथा डिष्ट्रिक्ट ३२५ एम नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्य सहभागी थिए ।

त्यसैगरी डिष्ट्रिक्ट गभर्नर धनिराम बरालसहित डिष्ट्रिक्ट ३२५ एम नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरू भिमलाल पौड्याल, महेन्द्र पौडेल, चण्डी प्रसाद अर्याल, पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, आर नेपालका डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा तथा डिष्ट्रिक्ट ३२५ एम नेपालका पदाधिकारीहरू तथा विभिन्न क्लबका क्लब अफिसरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन लायन विकास भुर्तेलले गरेका थिए । स्वागत मन्तव्य लायन्स क्लब अफ काठमाडौंका पूर्व अध्यक्ष विष्णु बहादुर सिंहले व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका पूर्व अध्यक्ष चुडामणि बरालले गरेका थिए ।

You might also like

Comments are closed.