अर्थमन्त्री खनालले रातो पासपोर्ट फिर्ता गरे

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आफ्नो रातो पासपोर्ट फिर्ता गरेका छन् । उनले मंगलबार अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफ्नो राहदानी बुझाएका हुन् ।

खनालले पत्रमार्फत आफू अब पदबाट प्रस्थानको तयारीमा रहेको उल्लेख गरेका छन् । “अब प्रस्थानको तयारीमा छु । सार्वजनिक पद धारकका रूपमा कब्जामा रहेको एकमात्र सरकारी सम्पत्ति त्यागेको छु,” उनले पत्रमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री नियुक्त भएपछि खनालले पदसँग जोडिएका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका थिए । सोही प्रतिबद्धताअनुसार उनले सरकारी राहदानीसमेत फिर्ता गरेको जनाइएको छ ।

You might also like

Comments are closed.