दाङ–२ का रास्वपा उम्मेदवार विपिन आचार्यले सार्वजनिक गरे चुनावी खर्च विवरण

काठमाडौं । दाङ क्षेत्र नम्बर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार आचार्यले निर्वाचन प्रचार–प्रसार तथा अन्य गतिविधिमा कुल १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको विवरणमा मतदाता नामावली छपाइ तथा प्रिन्टका लागि ३४ हजार ५२ रुपैयाँ खर्च गरिएको जनाइएको छ । त्यसैगरी सवारी साधन तथा ढुवानीतर्फ १५ दिनको अवधिमा ३ लाख ५९ हजार ३५० रुपैयाँ खर्च भएको छ ।

त्यस्तै प्रचार–प्रसार सामग्री उत्पादन तथा वितरणमा ४ लाख ३५ हजार १२५ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । गोष्ठी, अन्तरक्रिया तथा सभाहरू सञ्चालन गर्न २ लाख १४ हजार ५५ रुपैयाँ खर्च भएको जनाइएको छ ।

यसैगरी छापा तथा विद्युतीय माध्यममार्फत प्रचारका लागि २ लाख रुपैयाँ खर्च गरिएको छ भने कार्यालय सञ्चालन खर्चतर्फ १ लाख ९६ हजार ३०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै प्रतिनिधि तथा स्वयंसेवक परिचालनका लागि १ लाख ८९ हजार ६८० रुपैयाँ खर्च भएको पनि आयोगमा बुझाइएको विवरणमा जनाइएको छ ।

निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार आचार्यले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।

You might also like

Comments are closed.