काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ३८ हजार ७५० मतगणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार करिब पाँच लाख मत अझै बाँकी रहेको छ ।
अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५० लाख ११ हजार ८९१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ ।
अन्य दलहरूले प्राप्त मत यस प्रकार छन्:
-
नेपाली कांग्रेस: १६ लाख ९४ हजार ८८४ मत
-
नेकपा (एमाले): १४ लाख १२ हजार ८५३ मत
-
नेपाली कम्युनिस्ट पार्टी: ७ लाख ६७ हजार ९९९ मत
-
श्रम संस्कृति पार्टी: ३ लाख ५८ हजार ४६७ मत
-
राष्ट्रिय प्रजातन्त्र पार्टी: ३ लाख २५ हजार ३२४ मत
निर्वाचन आयोगले बाँकी मत गणना सकेर अन्तिम नतिजा सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ ।






Comments are closed.