चुनावपछिको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । आज चुनावपछिको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३२ अंकले घटेर २,८४३ विन्दुमा बन्द भएको छ । हिजो ६ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको बजार आज भने दिनभरि घट्यो ।

आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ । ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै शेयर कारोबार ङादी ग्रुप पावरको भएको छ, जसको कारोबार १ अर्ब ९ करोडभन्दा बढी रहेको छ । अन्य प्रमुख कारोबारमा आँखुखोला जलविद्युत, अपि पावर  र रिडि पावर रहेका छन् ।

लगानीकर्ताले सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्समा कमाएका छन् ९१०५०, त्यसपछि सालपा विकास बैंक ९९.९९५० र थ्रि स्टार ९९५० रहेका छन् ।

आज सबैभन्दा धेरै घाटा हिम स्टार ऊर्जामा भएको छ, जसका लगानीकर्ताले ६ प्रतिशत घाटा बेहोरेका छन् ।

You might also like

Comments are closed.