भदौ २३ र २४ सम्बन्धी आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

काठमाडौं  । जवाफदेहिता निगरानी समितिले गत भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

समितिका संयोजक राजुप्रसाद चापागाईंले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज र मिडियासहित आम नागरिकलाई सूचित गर्न सरकारलाई आग्रह गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने कुरा सरकारको तजबिजको विषय होइन, प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो। सरकारको दायित्व छ कि छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याओस्।”

You might also like

Comments are closed.