काठमाडौं । मध्यपूर्वमा जारी इजरायल–इरान–अमेरिका युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढ्दा एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ ।
बङ्गलादेशमा राजधानी ढाका र अन्य शहरहरूका पेट्रोल पम्पमा लामो लाइन देखिएको छ । सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश सरकारले स्थिति नियन्त्रणका लागि इन्धन राशनिङ सुरु गरेको छ भने प्रमुख डिपोहरूमा सैनिक तैनाथ गरेको छ । केही स्थानमा झडपमा एक युवकको मृत्यु पनि भएको छ ।
भियतनाममा पेट्रोलको मूल्य २० प्रतिशत बढेको छ भने हजारौँ मोटरसाइकल चालक लाममा उभिएका थिए । फिलिपिन्स, पाकिस्तान, श्रीलङ्का र म्यान्मामा पनि इन्धन अभावका कारण लाम र असन्तुष्टि देखिएको छ। म्यान्मामा आपूर्ति सीमित हुँदा निजी सवारीसाधनलाई आधा मात्र चल्न दिने व्यवस्था लागू गरिएको छ ।
तर जापान, इन्डोनेसिया, चीन, भारत र अफगानिस्तानमा हालसम्म व्यापक सङ्कट देखिएको छैन । युद्ध र होर्मुज जलडमरूमध्यमा यातायात अवरोधका कारण अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य उच्च रहेका कारण यी असरहरू देखिएका हुन् ।






Comments are closed.