काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा आफ्ना कर्मचारीलाई ६ करोड २ लाख रुपैयाँभन्दा बढी बोनस वितरण गरेको छ । कम्पनीका अनुसार कर्मचारीलाई ६९ दिन बराबरको बोनस प्रदान गरिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १ करोड १ लाख रुपैयाँ बोनस दिएको थियो। गत वर्ष खुद नाफा उल्लेख्य रूपमा बढेपछि कर्मचारी बोनस पनि करिब ५ सय प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ५ करोड रुपैयाँको तुलनामा झण्डै ८४५ प्रतिशतले बढी हो ।
हाल कम्पनीमा करिब ४ हजार कर्मचारी कार्यरत छन्, जसमा करिब १ हजार ३ सय महिला रहेका छन् । कम्पनीले कर्मचारीका लागि डे–केयर, स्तनपान कक्ष, आवास, खेलमैदान र स्वास्थ्य सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
२०५४ सालमा स्थापित यो उद्योग न्यथिबल न्चयगउअन्तर्गत सञ्चालनमा रहेको छ र यसको उत्पादन भारत, टर्की लगायत देशमा निर्यात हुँदै आएको छ ।






Comments are closed.