पोखरा । पोखरामा अटोमोबाइल क्षेत्रको उत्सवका रूपमा ‘WADA Auto Show 2026’ आयोजना हुने भएको छ। चैत ११ देखि १५ गते सम्म तालबाराही चोक नजिकको चौर मा हुने उक्त अटो शोको तयारी अहिले तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ ।
Western Automobile Dealers Association (WADA) को आयोजनामा हुने यस कार्यक्रममा विश्वस्तरका नवीनतम गाडीका मोडल, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा आकर्षक डिजाइन भएका सवारीसाधनहरूको प्रदर्शनी गरिनेछ। कार्यक्रम NADA Automobiles Association of Nepal को प्रस्तुति तथा GEMS Global Exposition & Management Service Pvt. Ltd. को व्यवस्थापनमा सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार अटोमोबाइल व्यवसायी, प्रविधिप्रेमी युवापुस्ता तथा सर्वसाधारण दर्शकका लागि यो मेला ज्ञान, उत्साह र नयाँ सम्भावनाको संगम बन्ने अपेक्षा गरिएको छ । अटो शोले व्यवसायिक सहकार्य र नेटवर्किङका अवसर सिर्जना गर्नुका साथै अटोमोबाइल उद्योगको भविष्यका प्रविधि नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
पोखराको पर्यटन र अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले देशभरका अटोमोबाइल प्रेमी तथा व्यवसायीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।






Comments are closed.