काठमाडौं । प्रवलजंग पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।चैत २८ र २९ गते हुने महासंघको ६० औं वार्षिक साधारणसभामा आगामी नेतृत्वको लागि चुनाव हुँदैछ ।
महासंघको ६०औँ वार्षिक साधारणसभा आगामी चैत २८ र २९ गते हुने तय भएको छ, जहाँ नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने कार्यक्रम छ । व्यावसायिक क्षेत्रमा पाण्डे स्पष्ट दृष्टिकोण भएका उद्यमीका रूपमा चिनिन्छन् । निजी क्षेत्रका समस्या र चुनौतीलाई गहिरोसँग बुझेको तथा अध्ययनशील व्यक्तित्वका रूपमा उनलाई व्यावसायिक वृत्तले हेर्ने गरेको छ । नजिकबाट चिन्नेहरूका अनुसार उनी समन्वयकारी भूमिकामा दक्ष र टिमवर्कमा विश्वास गर्ने नेतृत्व हुन् ।
व्यावसायिक अनुभव, नीतिनियमसम्बन्धी ज्ञान तथा सरकारी तहसँग समन्वय गरेर काम गर्न सक्ने क्षमताका कारण पाण्डेले महासंघमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको छ । पाण्डेले बदलिँदो राजनीतिक तथा आर्थिक परिवेश र पछिल्लो समय सुस्त बनेको अर्थतन्त्रलाई गति दिन दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् । उनका अनुसार मुलुकको उद्योग, व्यवसाय, राजस्व र रोजगारीमा सकारात्मक परिणाम ल्याउन विभिन्न क्षेत्रमा सुधार आवश्यक छ ।
उनले नीतिगत स्थिरतालाई व्यवसायमैत्री वातावरणको मुख्य शर्त बताउँदै कर प्रणालीलाई वैज्ञानिक बनाउन र चुहावट रोक्न बहुदरको मूल्य अभिवृद्धिकर (भ्याट) प्रणाली लागू गर्नुपर्ने धारणा राखेका छन् । साथै आयकर दर कटौती, उद्योगको उत्पादन लागत घटाउन सहुलियत दरमा बिजुली उपलब्ध गराउने, हवाई टिकटमा लगाइएको भ्याट हटाउने लगायतका सुधार आवश्यक रहेको उनले बताए ।
यसैगरी कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रभावकारी बजारीकरण, आयात प्रतिस्थापन गर्ने उद्योग स्थापना, प्रसारण लाइन विस्तार तथा व्यापारमा निजी क्षेत्रको सक्रिय सहभागिताका लागि पनि सशक्त पहल आवश्यक रहेको उनको भनाइ छ।
व्यवसायमा प्रवेश गर्नुअघि पाण्डे नेपाल टेलिकममा इन्जिनियरका रूपमा कार्यरत थिए। हाल उनी सिटिजन्स बैंक इन्टरनेशनलका अध्यक्ष समेत हुन् । साथै सिमेन्ट, औषधि, बैंकिङ, वित्त र बीमा क्षेत्रमा पनि उनको लगानी रहेको छ। उनीकसमस सिमेन्ट तथा पूर्वी कसमास सिमेन्टका निर्देशक हुन्।
पाण्डे विगत तीन कार्यकालदेखि महासंघमा कार्यकारी सदस्यका रूपमा सक्रिय छन् । उनी महासंघका पूर्वअध्यप्रदीप जंग पाण्डेका छोरा पनि हुन् । पाण्डे सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष समेत हुन् । उनी पछिल्ला तीन कार्यकाल महासंघमा कार्यकारी सदस्यको रूपमा छन् । प्रवल अध्यक्षको रुपमा महासंघको नेतृत्व गरिसकेका प्रदीपजंग पाण्डेका छोरा हुन् ।






Comments are closed.