पोखरा । पोखरामा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘वाडा अटो शो’लाई ‘दीर्घायु पोखरा हस्पिटल प्रालि’ले प्रायोजन गरेको छ । अटो शोको ‘हस्पिटल पार्टनर’ रहने गरी प्रायोजनमा सम्झौता भएको वाडाले जनाएको छ ।
अटो शो अवलोकन गर्ने प्रत्येक अवलोकनकर्ताले हस्पिटलमा विशेष छुट प्राप्त गर्नेछन् । अटो शोको टिकटका आधारमा सबै सेवाहरुमा २० प्रतिशत छुट उपलब्ध गराइने हस्पिटलका प्रवन्ध निर्देशक राधाकृष्ण पोखरेलले जानकारी दिए । हरेक दिन लक्की ड्रमार्फत पाँच जनालाई निःशुल्क विशेष हेल्थ प्याकेजसमेत उपलब्ध गराइनेछ ।
पोखराको नयाँ बजारमा रहेको यो हस्पिटलले स्वास्थ्य सम्बन्धी विविध सेवा अत्याधुनिक प्रविधि तथा विशेषज्ञहरुबाट उपलब्ध गराउँदै आइरहेको पोखरेलले जानकारी दिए । हाल यो हस्पिटल पाँचौं वर्षमा सञ्चालन भइरहेको छ ।
पर्यटनको राजधानी शहर पोखराको लेकसाइडस्थित तालबाराही चोकको नजिकै चौरमा यही चैत ११ देखि १५सम्म दोस्रो संस्करणको अटा शोे हुँदैछ ।

अटो क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई नजिकबाट बुझ्न तथा विशेष छुटमा गाडीहरु खरिद गर्न अटो शो उपयुक्त स्थान बन्ने आयोजकको विश्वास छ । नाडाको प्रिजेन्ट्समा वाडाको आयोजनामा हुने अटो शोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले गरिरहेको छ ।






Comments are closed.