पोखरामा महिन्द्राका नयाँ इलेक्ट्रिक एसयूभीहरू प्रदर्शनीमा, बुकिङ खुल्ला

पोखरा । नेपालका लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले पोखराका लागि आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा.लि.सँगको सहकार्यमा इलेक्ट्रिक ओरिजिन एसयूभीहरू बिइ६ र एक्सइभी ९इ पोखरामा सार्वजनिक गरेको छ । यी नयाँ इलेक्ट्रिक भेइकलहरु पोखराका मनिपाल, सेल्सवे डिपार्टमेन्ट स्टोर, लेकसाइड तथा गण्डकी मेडिकल कलेज परिसरमा प्रदर्शनीमा राखिएका छन् । चैत छ गतेसम्म ती स्थानमा प्रदर्शनीमा रहने कम्पनीले जनाएको छ ।

महिन्द्राको उन्नत INGLO प्लेटफर्ममा आधारित र विश्वकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चरमध्ये एक मानिने MAIA द्वारा सञ्चालित यी eSUV हरूको आगमनले पोखरामा इलेक्ट्रिक सवारीको नयाँ युगको सुरुवात गरेको कम्पनीले जनाएकोछ ।

BE 6 र XEV 9e मा महिन्द्राको हार्टकोर डिजाइन दर्शनको प्रतीक झल्किन्छ । जसले साहसी नवप्रवर्तन र भावनात्मक आकर्षणलाई एकसाथ जोड्छ । BE 6 ले प्रदर्शन र साहसिक यात्राबाट प्रेरित स्पोर्टी र एथलेटिक डिजाइन प्रस्तुत गर्छ भने XEV 9e ले अझ परिष्कृत, विलासी अनुभव दिन्छ । दुवै सवारी चालकसँग गहिरो भावनात्मक सम्बन्ध स्थापना गर्ने उद्देश्यले डिजाइन गरिएका छन्।

BE 6 को प्रारम्भिक मूल्य रु. ५७ लाखबाट सुरु हुन्छ । यो गाडी तीन भेरियन्टमा उपलब्ध छन् । XEV 9e को मूल्य रु. ६९ लाखबाट सुरु हुन्छ । यो पनि तीन भेरियन्टमा उपलब्ध छन् । सबै भेरियन्टका लागि बुकिङ खुला गरिएको छ ।

सीमित अवधिका लागि आयोजना गरिएको यस प्रदर्शनीमार्फत उपभोक्ता तथा सवारीप्रेमीहरूलाई इलेक्ट्रिक फ्युचरको प्रत्यक्ष अनुभव लिन कम्पनीले आमन्त्रण गरेको छ ।

You might also like

Comments are closed.