पोखरा । युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडामा रहेको एनटिएचएमसिमा राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता आयोजना हुने भएको छ।
यही चैत ६ र ७ गते सञ्चालन हुने उक्त कार्यक्रम नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज ९ल्त्ज्ःऋ० को पहलमा विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा आयोजना गर्न लागिएको हो।
विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी वीक २०२६’ मार्च १६ देखि २२ सम्म सञ्चालन हुँदैछ। यस वर्ष “स्मार्ट मनी टक्स ९क्mबचत ःयलभथ त्बपिक०” भन्ने नाराका साथ युवा पुस्तामा आम्दानी, बचत, डिजिटल वित्तीय व्यवस्थापन तथा आर्थिक सचेतनाको ज्ञान अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमको पहिलो दिन पोखरा इभेन्ट्स सेन्टर, बुलौदीमा औपचारिक उद्घाटन, अतिथिको मन्तव्य तथा प्यानल छलफल कार्यक्रम हुनेछ। कार्यक्रममा पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, शिक्षाविद् तथा सरोकारवालाहरूको सहभागिता रहनेछ। साथै स्टक मार्केट, क्रेडिट रेटिङ र क्लियरिङ प्रणालीबारे प्रस्तुतीकरण गरिने आयोजक सँस्थाहरुमध्य एक बेटा एनालाइटिक्सका सँजिव घिमिरेले जानकारी दिए ।
दोस्रो दिन एनटिएचएमसिमा क्विज प्रतियोगिता सञ्चालन गरिनेछ। देशभरका ४० भन्दा बढी कलेजका विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ भने सातै प्रदेशबाट विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक परीक्षा, सेमिफाइनल र फाइनल चरणमार्फत विजेता छनोट गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार रुपैयाँ, द्वितीयले ४० हजार रुपैयाँ र तृतीय हुने टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई पुँजी बजार, लगानी तथा वित्तीय अनुशासनबारे व्यावहारिक जानकारी दिने लक्ष्य राखिएको बुधबार कलेजमा भएको प्रेस मिटमा कलेजका प्रन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।






Comments are closed.