‘वाडा अटो शो’को फर्निचर पार्टनरमा ‘सिटिजन फर्निचर’को साथ

पोखरा । पर्यटनको राजधानी शहर पोखरामा हुने ‘वाडा अटो शो २०२६’लाई सिटिजन फर्निचर न्युरोड पोखराले साथ दिएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा यही चैत ११ देखि १५ सम्म लेकसाइडमा अटो शो हुँदैछ ।

अटो शोको फर्निचर पार्टनरमा सिटिजन फर्निचरले प्रायोजन गरेको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा वाडा अध्यक्ष दीपेन्द्र कोइराला र सिटिजन फर्निचरका प्रवन्ध निर्देशक दीपक कार्कीले हस्ताक्षर गरेका छन् ।

अटो शो भिजिट गर्ने अवलोकनकर्ताहरु मध्येबाट एक जनालाई ‘लक्की ड्र’का आधारमा आकर्षक फर्निचर आइटम उपहार प्रदान गरिने जनाइएको छ ।

विश्व अटो बजारमा भित्रिएका नविनतम प्रविधिहरु नजिकबाट अनुभव गर्न अटो शो महत्वपूर्ण अवसर हुने वाडाले विश्वास लिएको छ । अटो शोमा रोबोटिक्सहरु पनि प्रदर्शनीमा राखिनेछ ।

You might also like

Comments are closed.