पोखरामा नेपालको पुँजी बजारको इको-सिस्टम र शैक्षिक क्षेत्रबीचको दूरीबारे बहस

पाेखरा । पोखरामा नेपालको पुँजी बजारको इको–सिस्टम र शैक्षिक क्षेत्रबीच रहेको दूरीबारे छलफल सम्पन्न भएको छ। कार्यक्रममा पुँजी बजारका सरोकारवाला निकाय, शैक्षिक क्षेत्र तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा नवराज अधिकारी (कार्यकारी निर्देशक, Securities Board of Nepal) ले पुँजी बजारको विकासका लागि शिक्षा र व्यवहारिक क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए। उनले विश्वविद्यालय र वित्तीय क्षेत्रबीच सहकार्य बढेमा विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्राप्त हुने र बजारको विकासमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा ‘The eco-system of Nepalese capital markets: Analyzing the gap between academia and the real world’ विषयमा प्यानल छलफल पनि आयोजना गरिएको थियो। छलफलमा दीपा दाहाल (डेपुटी कार्यकारी निर्देशक, SEBON), रमेन्द्र रायमा रायमाझी (अध्यक्ष, Merchant Bankers Association of Nepal तथा सीईओ, NIC Asia Capital), मुराहरी पराजुली (कार्यवाहक डेपुटी म्यानेजर, Nepal Stock Exchange), आनन्द प्रकाश झा (सीईओ, Care Ratings Nepal) र डीपक बहादुर भण्डारी (पूर्व रजिस्ट्रार, Pokhara University) सहभागी थिए।
प्यानल छलफलको सहजीकरण Ajaya Dhungana ले गरेका थिए। छलफलका क्रममा नेपालमा पुँजी बजारसम्बन्धी अध्ययन र वास्तविक बजारबीच अझै दूरी रहेको औंल्याउँदै अनुसन्धान, तालिम तथा इन्टर्नसिप कार्यक्रममार्फत त्यसलाई घटाउनुपर्ने सुझाव दिइयो। कार्यक्रममा सहभागिलाई अशाेक पालिखे (अध्यक्ष, Nepal Tourism and Hotel Management College) ले दिएका थिए। कार्यक्रममा सांस्कृतिक स्वागत नृत्य, राष्ट्रिय गान तथा औपचारिक उद्घाटनपछि विभिन्न संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्राविधिक सत्रअन्तर्गत CDS and Clearing Limited, Stock Brokers’ Association of Nepal र ICRA Nepal का प्रतिनिधिहरूले प्रस्तुति दिएका थिए। CDS and Clearing का डेपुटी म्यानेजर याेगराज जाेशी, SBAN का कार्यकारी सदस्य जेलीना कँडेल तथा ICRA Nepal का बिजनेस डेभलपमेन्ट म्यानेजर प्रचण्डमान श्रेष्ठले पुँजी बजारका प्राविधिक पक्ष, लगानीकर्ता सचेतना र क्रेडिट रेटिङको भूमिकाबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा Pokhara Chamber of Commerce and Industry तथा Nepalese Young Entrepreneurs’ Forum का प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

 

पाेखरामा १४ छिनेडाँडामा रहेकाे नेपालकाे पहिलाे हाेटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट कलेजकाे स्थानिय व्यवस्थापनमा भएकाे कार्यक्रमकाे पहिलाे दिनकाे कार्यक्रममा सहभागि अतिथिहरुलाई कलेजका अध्यक्ष अशाेक पालिखे तथा प्रिन्सिपल प्रकाश रेग्मीले मायाकाे चीनाे प्रदान गरेका थिए ।

शनिबार हाेटल म्यानेजमेन्ट कलेजमा क्यापिटल मार्केट क्विज आयोजना

कार्यक्रमकाे दाेश्राे दिन आज शनिबार छिनेडाँडािस्थित हाेटल म्यानेजमेन्ट कलेजमा देशका ३८ कलेजका विद्यार्थीबीच ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज आयोजना हुने प्रिन्सिपल रेग्मीले जानकारी दिए ।

युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नटिएचएमसिमा राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता आयोजना हुने भएको हाे। स वर्ष “स्मार्ट मनी टक्स (Smart Money Talks)” भन्ने नाराका साथ युवा पुस्तामा आम्दानी, बचत, डिजिटल वित्तीय व्यवस्थापन तथा आर्थिक सचेतनाको ज्ञान अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगितामा प्रारम्भिक परीक्षा, सेमिफाइनल र फाइनल चरणमार्फत विजेता छनोट गरिनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार रुपैयाँ, द्वितीयले ४० हजार रुपैयाँ र तृतीय हुने टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

You might also like

Comments are closed.