पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशले पर्यटन विज्ञ दीपेन्द्र पहारी सम्मान गरेको छ । संस्थाको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा उनी सम्मानित भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद गणेशमान गुरुङ तथा संस्था अध्यक्ष दुर्गादत्त दाहालले पहारीलाई सम्मान पत्र र दोसल्लाबाट सम्मान गरे । संस्थाबाट सम्मान पाउँदा गौरव महसुस भएको बताउँदै पहारीले पर्यटन क्षेत्रमा अझै सक्रियता साथ काम गर्न प्रेरणा मिलेको बताए ।
सम्मानित पहारी बिगत दुई दशकदेखि पर्यटन क्षेत्रको खोज अनुसन्धान तथा प्राध्यापन क्षेत्रमा सक्रिय छन् । उनी आर्थिक आवाजका अतिथि सम्पादक पनि हुन् ।





Comments are closed.