पोखरा। पोखरा १४ छिनेडाँडामारहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा शनिबारदेखि दुई हप्ते तोफु उत्पादन तालिम संचालन गरिएको छ ।
तालिममा होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरु, टोल विकास संस्था, सामाजिक संस्थाका प्रतिनिधि र इच्छु सर्वसाधारणको सहभागिता रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार लिड ट्रेनरमा भारतबाट आएका नरहरि गुप्ता, चिफ ट्रेनर भरत विश्वनाथ, को फाउण्डर अफ भेगन ट्राभल एशियाका ज्याक लोभाज र हाइ एक्सपेरियन्स्ड हस्पिटालिटि प्रोफेसनल आरएच सिंह चौहान रहेका छन् ।
कलेजमा ‘तोफु’ (भटमासको पनिर) उत्पादन सम्बन्धी विशेष तालिम सुरु भएको हो। प्रिन्सिपल रेग्मीले कलेजले अब शिक्षा मात्र नभई उत्पादन र रोजगारीमा पनि पाइला चाल्ने उद्घोष गरे ।
विगत २६ वर्षदेखि पर्यटन र होटल शिक्षा दिँदै आएको एनटिएचएमसीले विदेशी संस्था र विज्ञहरूको सहयोगमा यो प्रविधिलाई नेपाल भित्र्याएको हो।

तालिमका मुख्य आकर्षण र उद्देश्य:
अन्तर्राष्ट्रिय सहकार्यस् यो तालिमका लागि ‘भेगन ट्राभल एसिया’ का विज्ञहरूको टोली पोखरा आएको छ।
टोफु मेसिन उपहारस् कलेजको पूर्वाधार र गुणस्तरबाट प्रभावित भई विदेशी टोलीले कलेजलाई अत्याधुनिक तोफु मेसिन उपहार स्वरूप प्रदान गरेको छ, जुन अहिले जडानको प्रक्रियामा छ।
स्वस्थ जीवनशैली ९भेगन०स् जनावरजन्य उत्पादन प्रयोग नगर्ने ‘भेगनु’जीवनशैलीलाई प्रवर्द्धन गर्ने र भटमासबाट पाइने उच्च प्रोटिनयुक्त टोफुलाई स्थानीय बजारमा विस्तार गर्ने कलेजको योजना छ।
प्रिन्सिपल रेग्मीले तालिममा सहभागीहरूलाई सम्बोधन गर्दै भने, ‘हामीले विद्यार्थी पढाउने काम त सधैं गरिरहेका छौं, तर अब एनटिएचएमसीले रोजगारी र उत्पादनको पनि सिर्जना गर्नेछ। कलेजमा टोफु उत्पादन गरी पोखराका ठूला अस्पताल, होटल र क्याम्पहरूमा ब्राण्डेड उत्पादनका रूपमा पुर्याउने हाम्रो लक्ष्य छ’।
उनले थपे कि यो दुई हप्ताको तालिम केवल सिक्ने मात्र नभई ‘तालिम दिने प्रशिक्षक’ ९त्चबष्लभच या त्चबष्लभचक० तयार गर्ने अवसर हो। भविष्यमा कलेजमा हुने ठूलो मात्राको उत्पादन र प्याकेजिङका लागि कलेजले तालिम प्राप्त व्यक्तिहरूलाई नै रोजगारीमा प्राथमिकता दिने उनले स्पष्ट पारे।
तालिममा कलेजका कर्मचारी, होटलका सेफहरू, टोल विकास समितिका प्रतिनिधि र महिला सशक्तीकरण संस्थाका सदस्यहरूको सहभागिता रहेको छ। यसले पोखराको पर्यटन बजारमा नयाँ र स्वस्थ खाद्य परिकारको विकल्प दिने विश्वास गरिएको छ।
कार्यक्रममा कलेजका संचालक अनिल सुवेदी, जयराम हमाल लगायत, व्यवसायी, तालिमका सहभागि र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।






Comments are closed.