कुमुदिनी होम्समा दोस्रो एसईई कप सम्पन्न

पोखरा। पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले एसईई दिएर बसेका विद्यार्थीबीच फुटसल र बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ।

विभिन्न जिल्लाका ६० विद्यालयका खेलाडीहरू सहभागी भएको प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालयको टिम प्रथम भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद बिस हजार रुपैयाँ प्राप्त गरेको छ ।

देवीनगर बुटवलको नवीन माध्यमिक विद्यालय दोस्रो भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद पन्ध्र हजार प्राप्त गरेको छ भने सेन्ट फ्रान्सेस स्कुलको टिम तेस्रो भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद सात हजार प्राप्त गरेको छ ।

छात्रा बास्केटबलतर्फ १३ विद्यालयका खेलाडीहरू सहभागी भएका थिए । गण्डकी बोर्डिङ स्कुल प्रथम भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद पन्ध्र हजार प्राप्त गरेको छ । बालकल्याण हाई स्कुलको टिम दोस्रो भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद दश हजार प्राप्त गरेको छ । त्यस्तै आयोजक कुमुदिनी होम्सको टिम तेस्रो भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद पाँच हजार रुपैयाँ प्राप्त गरेको छ ।

छात्र बास्केटबलतर्फ ३२ विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। जसमध्ये अल्फा बोर्डिङ स्कुल प्रथम भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद बिस हजार रुपैयाँ प्राप्त गरेको छ । म्याग्दीको मंगला माध्यमिक विद्यालयको टिम दोस्रो भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद पन्ध्र हजार प्राप्त गर्न सफल भएको छ । मनकामना बोर्डिङ स्कुल तेस्रो भएर प्रमाणपत्र, मेडल, ट्रफी र नगद सात हजार रुपैयाँ प्राप्त गरेको छ ।

फुटसलतर्फ उत्कृष्ट खेलाडी नवीन माध्यमिक विद्यालय बुटवलका मानस स्याङ्ने थकाली घोषित भए । उनले प्रमाणपत्र, ट्रफी र नगद दुई हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोल रक्षक राष्ट्रिय मा। वि। का विवश तिमिल्सिना घोषित भइ प्रमाणपत्र, ट्रफी र नगद दुई हजार प्राप्त गर्न सफल भए। सर्वाधिक गोल कर्ता राष्ट्रिय मा। वि।कै दिनेश उपरकोटीले प्रमाणपत्र, ट्रफी र नगद दुई हजार प्राप्त गर्न सफल भएका थिए ।

छात्रा बास्केटबलतर्फ गण्डकी बोर्डिङ स्कुलकी ईशिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। उनले प्रमाणपत्र, ट्रफी र नगद दुई हजार प्राप्त गरिन् । हाइ स्कोरर बालकल्याण हाई स्कुलकी अलिशा गुरुङले प्रमाणपत्र, ट्रफी र नगद दुई हजार प्राप्त गरेकी छिन् ।

त्यस्तै छात्र बास्केटबलतर्फ अल्फा बोर्डिङ स्कुलका अभिशेक श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइ प्रमाणपत्र, ट्रफी र नगद दुई हजार प्राप्त गरेका छन्। त्यस्तै हाई स्कोरर मंगला मा.वि म्याग्दीका सचिन पुनले प्रमाणपत्र, ट्रफी र नगद दुई हजार प्राप्त गरे ।

समापन समारोह विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष पालिखेले विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै खेलकुदले विद्यार्थीलाई अनुशासनको बाटोमा हिँड्न सधैँ प्रेरित गरिरहने बताए । विजेता विद्यार्थीहरूलाई कक्षा ११ मा जुनसुकै संकायमा अध्ययन गर्न चाहेमा शतप्रतिशत छात्रवृत्तिसहित विशेष सुविधा दिइने कुरामा उनले जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पछिल्लो समय हरेक खेलकुदको महत्त्व बढ्दै गइरहेकाले आफ्नो रुचिअनुसारको खेलमा लाग्न विद्यार्थीलाई आग्रह गरे। समापन कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य राज बहादुर गुरुङले मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक सुरेन्द्र सदिच्छाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

You might also like

Comments are closed.