पोखरामा धेरै शैक्षिक संस्थाहरू छन् । तर ती संस्थामध्ये पालिखेचोकस्थित प्रतिभा मावि पछिल्लो समय सर्वोत्कृष्ट र धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट हात पार्दै आएको छ । उत्कृष्टै उत्कृष्ट विद्यार्थीको छनोटमा विद्यालय पर्ने गरेको छ । शैक्षिक क्षेत्रमा त प्रतिभाले छलाङ मारेको छ नै, बाह्य गतिविधिसहित अन्तर्राष्ट्रिय स्तरमा पनि विद्यालयले उत्तिकै पहिचान बटुलेको छ । अझ उच्च तहको अध्ययनको छात्रवृत्तिमा त प्रतिभाले झनै सफलता हात पारेको छ । भविष्यका डाक्टर, इन्जिनियरदेखि अब्बल व्यवस्थापक उत्पादन गर्नमा प्रतिभाले निकै नै योगदान दिएको छ । त्यसैले धेरैले भन्ने गरेका छन्– ‘प्रतिभा माविः नामै काफी छ ।’
राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पछिल्लो पटक प्रकाशित गरेको रिजल्टमा प्रतिभा माविले छलाङ नै मारेको छ । यो परिणाम विद्यालयका लागि झनै ऐतिहासिक थियो । परीक्षा बोर्डले लिएको परीक्षामा यो पटक सर्वाधिक अंक ३.९६ जीपीए रहेकोमा प्रतिभाका १० जना विद्यार्थीले उक्त उत्कृष्ट नतिजा हात पारेर विद्यालयको इतिहास रचेका छन् । जीपीए ३.९० भन्दा बढी अङ्क ल्याउने विद्यार्थीको संख्या ३६ थियो । जीपीए ३.६१ भन्दा माथि ल्याउनेको संख्या २ सय २४ थियो । यस्तै ३२५ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याए । यसअघि २०७५ सालमा ३.९२ जीपीएसहित विद्यालयकी सारती पाण्डे देशकै सर्वोत्कृष्ट बनेकी थिइन् ।
छात्रवृत्तिमा पनि उत्तिकै अब्बल
चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा पनि प्रतिभाका विद्यार्थीले उत्कृष्टता हासिल गर्दै आएका छन् । पछिल्लो परीक्षामा सबै गरी ८ हजार ७७२ जना परीक्षार्थीले प्रवेश परीक्षामा नाम निकालेकोमा उत्कृष्ट १०० भित्र प्रतिभाका ५ विद्यार्थी पर्न सफल भए । युनिक पौडेल, भीष्म रेग्मी, समीर सुवेदी, दीक्षा सुनार र विनेश तिम्सिना यो वर्ष उत्कृष्ट एक सयभित्र अटाएका थिए । तीबाहेक प्रतिभाकै अरू तीन जना विद्यार्थीले पनि प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका थिए ।
यसअघि प्रतिभाकै छात्र जेएन मिलनले काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमबीबीएस परीक्षामा पहिलो नम्बरमा नाम निकाली इतिहास रचेका थिए । प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने छात्रा बनेकी थिइन् । अर्का छात्र कुशल लामिछानेले पनि एमबीबीएसमा आफूलाई अब्बल साबित गरिसकेका छन् । अघिल्लो वर्ष लिइएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बीएससी नर्सिङतर्फ प्रतिभा माविकी आयूषा ढकाल नेपालमै उत्कृष्ट बन्न सफल भएकी थिइन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिस्पर्धीलाई उछिन्दै ढकाल पहिलो बनिन् । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थानले लिएको इन्जिनियरिङतर्फको प्रवेश परीक्षामा पनि प्रतिभाकै अभिषेक न्यौपानेले आफूलाई तेस्रो नम्बरमा पार्न सफल भएका थिए ।

गत वर्ष प्रतिभा माविबाट १२ कक्षा उत्तीर्ण गरेकामध्ये करिब एक सय जना विद्यार्थीले उच्च शिक्षाका लागि विभिन्न निकायले लिएको प्रवेश परीक्षामा आफूलाई उत्कृष्ट साबित गर्न सफल भए । नर्सिङ, एमबीबीएस, बीडीएससहित चिकित्सा क्षेत्र र इन्जिनियरिङतर्फ तथा व्यवस्थापन संकाय अन्तर्गत बीआईटी, बीएससी सीएसआईटी, सीए, बीबीए, बीएचएम, बीसीआईएस, बीआईएममा प्रतिभाका विद्यार्थीले पूर्ण छात्रवृत्तिसहित प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए । सीम्याट (CMAT) मा पनि प्रतिभाले नै रेकर्ड कायम राख्दै आएको छ ।
उत्कृष्टको रोजाइ ‘प्रतिभा’
प्रतिभाले हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई भित्र्याउँछ । अघिल्लो वर्षको एसईईमा ४ जीपीए ल्याउने २० जना विद्यार्थी हाल प्रतिभामै अध्ययनरत छन् । यसअघि २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएका विद्यार्थीद्वय ऋतिका पोखरेल र अभिषेक न्यौपानेले प्रतिभामै अध्ययन गरेका थिए । त्यस्तै ३.९५ जीपीएका साथ धवलागिरी अञ्चलमै प्रथम बनेका बब्लु शाह र ३.९५ जीपीएसहित तनहुँबाट उत्कृष्ट बनेका डेककुमार श्रेष्ठले पनि प्रतिभालाई नै छानेका थिए । २०८० को एसईईमा पनि ४ जीपीए ल्याएका प्रनिशा तुलाचन र समीर सुवेदीले प्रतिभा नै रोजेका थिए ।
अन्तर्राष्ट्रिय स्तरमा पनि उत्तिकै अब्बल
प्रतिभाका विद्यार्थीले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पनि उत्कृष्टता प्रदर्शन गरेका छन् । प्रतिभाकै छात्र विधान पौडेल स्वीट्जरल्यान्डमा आयोजित सम्मेलनमा सहभागिताका लागि छनोटमा परेका छन् । त्यस्तै प्रतिभाकै छात्र अशोक रेग्मीले अमेरिकाको लुजियाना मोनरो विश्वविद्यालयबाट कम्प्युटर साइन्सका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । अर्का छात्र अञ्जन पौडेलले पनि अमेरिकाकै साउदर्न मिसिसिपी विश्वविद्यालयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।
खेलकुदमा पनि प्रतिभाकै एकछत्र
प्रतिभा माविले लगातार चौथो पटक हिसान स्पोट्र्स मिटको उपाधि जितेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ स्पोट्र्स मिटको उपाधि लगातार चार वर्षसम्म प्रतिभाले नै जित्यो । उपाधिसँगै प्रतिभा माविले रनिङ शिल्ड नै हात पारेको छ । प्रतिभाले हिसान स्पोट्र्स मिटमा हालसम्मकै सर्वाधिक ३४ अङ्क हासिल गरी रेकर्ड समेत ब्रेक गरेको छ । गत संस्करणमा प्रतिभाले समग्रमा ३१ अङ्क प्राप्त गरेको थियो ।

क्रिकेटमा पनि छलाङ
प्रतिभा सुपर लिग क्रिकेटको उपाधि पनि प्रतिभा माविले नै जितेको छ । यो पटक फाइनलमा मदरल्यान्ड माध्यमिक विद्यालयलाई पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो । आगामी वर्षदेखि छात्र र छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने विद्यालयले घोषणा गरेको छ ।
साहित्य मेलामा फरक रौनक
कक्षाकोठाको नियमित पढाइ, गृहकार्य र परीक्षाको तनावलाई एकछिन पर सार्दै विद्यार्थीलाई साहित्य, कला र सङ्गीतको फराकिलो दुनियाँमा विचरण गराउँदै प्रतिभाले यो वर्ष पनि साहित्य मेला ग¥यो । प्रतिभा माविले गर्दै आएको ‘साहित्य, कला र सङ्गीत मेला’ले विद्यार्थीलाई सिर्जनाको नयाँ आकाश देखाउने गरेको छ । यो पटक मेलामा साहित्यकार सरुभक्तले विद्यार्थीसँग साक्षात्कार गरे । मेलामा विद्यार्थीले केवल अग्रजका कुरा मात्र सुनेनन्, आफ्नै प्रतिभा पनि पस्के । उनीहरूले चित्रकला, गायन, नृत्य र कवितामार्फत आफ्ना अन्तर्निहित क्षमता उजागर गरे। कार्यक्रममा साहित्यकार इन्द्र राना ‘प्रतीक’ लाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
खानाको स्वाद पनि विद्यालयमै
विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले प्रतिभा माविले वर्षेनी एकदिने ‘फूड फेस्टिबल’ पनि आयोजना गर्छ । फेस्टिबलमा विद्यार्थी आफैँले तयार पारेका विभिन्न स्वादका परिकार पस्कने गर्छन् । कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गर्ने फूड फेस्टिबलमा खानाको स्वाद मात्र नभई मनोरञ्जन पनि देख्न पाइन्छ । फूड फेस्टिबलको अवसरमा विद्यालयमा विद्यार्थीले विभिन्न साङ्गीतिक कार्यक्रम पनि पस्कन्छन् र विद्यार्थी नाचगान पनि गर्छन् ।
विद्यालयमा व्यवसायका कुरा
व्यवसायीका कुरा सुन्ने र व्यावसायिक योजना बनाउन सघाउने गरी विद्यालयले व्यावसायिक योजना प्रस्तुति सम्बन्धी कार्यक्रम गर्दै आएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन समूहका विद्यार्थीले उक्त प्रस्तुतिमा भाग लिन्छन् । व्यावसायिक क्षेत्रको महत्व बुझाउन यस्तो कार्यक्रम प्रभावकारी हुने विद्यालयले बताउँदै आएको छ । विद्यालयले विद्यार्थीलाई व्यावसायिक योजना बनाएर प्रतिस्पर्धा गराउने र उत्कृष्टलाई पुरस्कृत पनि गर्दै आएको छ । साथै छानिएको उत्कृष्ट व्यावसायिक योजनालाई निरन्तरता दिएमा विद्यालयले आर्थिक सहयोग पनि गर्छ ।
अग्रजलाई सम्मान
प्रतिभा माविले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष समाजमा विशेष योगदान गर्ने व्यक्तिलाई सम्मान पनि गर्छ । अघिल्लो वर्ष कलाकार हरिवंश आचार्य र गायक प्रकाश सपुत पोखरामा सम्मानित भए । उनीहरूलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरिएको थियो । प्रतिभाले यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, राजनीतिक विश्लेषक तथा लेखक अभि सुवेदी, एचआईभी सङ्क्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठ, प्रा.डा. सुरेशराज शर्मा लगायतलाई सम्मान गरिसकेको छ ।
विविध गतिविधि
प्रतिभा माविले हरेक वर्ष नियमितबाहेक अरू विविध गतिविधि पनि गर्दै आएको छ । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन प्रतिभा माविले गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछन् । जलवायु परिवर्तन र सिमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले प्रतिभा माविले नियमित रूपमा सिमसार सम्बन्धित छलफल कार्यक्रम पनि आयोजना गर्छ ।
विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउन विज्ञान प्रदर्शनी आयोजना पनि हुँदै आएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थी उक्त प्रदर्शनीमा सहभागी हुन्छन् । त्यससँगै प्रतिभा माविले वर्षभरि आयोजना गरेका विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गर्छ । वर्षभरि भएका खेलकुदका आन्तरिक गतिविधि, विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन, फूड फेस्टिबल लगायतका गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ ।

किन छान्ने प्रतिभा ?
प्रतिभा माविले हरेक वर्ष कक्षा ११ मा विज्ञानमा ३ सय २०, व्यवस्थापनमा ३ सय ६० र होटल व्यवस्थापनमा ७६ जना विद्यार्थीको मात्र भर्ना लिन्छ । भर्ना हुन चाहने सयौँ मध्येबाट प्रवेश परीक्षामार्फत उत्कृष्टलाई छनोट गर्छ । आखिर किन प्रतिभामै ? विद्यालयका प्राचार्य किरण सापकोटा भन्छन्, ‘हामी विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिन्छौँ । वार्षिक र अन्य परीक्षाको रिजल्टले पनि विद्यालयको उत्कृष्टता पुष्टि गरिसकेको छ । विद्यार्थीलाई प्रविधिमैत्री तरिकाले पढाउँछौँ । गुणस्तरका लागि हरदम सक्रिय छौँ ।’ सापकोटाका अनुसार विद्यालयमा शैक्षिक सत्रको सुरुवातदेखि नै एमबीबीएस, बीई, बीबीए, सीएको तयारीका लागि अतिरिक्त कक्षा सञ्चालन गरिन्छ। त्यसले उत्कृष्ट रिजल्ट दिलाउँछ। २०४३ सालदेखि सञ्चालनमा आएको विद्यालयले आईएसओ (क्ष्क्इ) सर्टिफाइड प्रमाणपत्र पाइसकेको छ ।
प्रविधिमा प्रतिभाको जोड
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार विद्यालयले समयसापेक्ष उच्चतम प्रविधि प्रयोग गर्दै आएको छ । ‘माई सेकेन्ड टिचर’ (MST) सँगको सहकार्यमा कक्षाकोठालाई प्रविधिमैत्री बनाइएको छ । ‘अब परम्परागत शिक्षण विधिलाई परिवर्तन गर्न जरुरी छ। प्रविधिमा फड्को मार्न नसके अबको पुस्ता पछाडि पर्छ,’ पौडेल भन्छन्, ‘सिकाइमा विद्यार्थीमैत्री प्रविधि अब अत्यावश्यक भइसक्यो ।’
जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए । पोखरामा सबैभन्दा बढी विद्यार्थी प्रतिभामै छन् । कक्षा ११ र १२ मा मात्रै अहिले एक हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । प्रतिभाले २०६० देखि प्लस टु मा म्यानेजमेन्ट अध्यापन थालेको थियो । २०६८ सालमा विज्ञान सङ्काय थपेको विद्यालयमा हाल व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन विषय अध्ययन हुन्छ ।







Comments are closed.