काठमाडौं । सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई-भिताराको डेलिभरी औपचारिक रूपमा सुरू गरेसँगै आकर्षण देखिएको छ । देशभरका सुजुकी शोरुमहरुमा ग्राहकको आकर्षण देखिएको जनाइएको छ । कम्पनीको पहिलो पूर्ण रूपमा निर्मित (सीबीयु) ब्याट्री सञ्चालित विद्युतीय सवारीका रूपमा यो गाडी प्रतिष्ठित बनेको छ ।
विश्वसनीय जापानी इन्जिनियरिङ, उन्नत विद्युतीय सवारी प्रविधि, उत्कृष्ट सुरक्षा सुविधा र दैनिक प्रयोगका लागि व्यावहारिकता समेटिएको सुजुकी ई भिताराले देशभर ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । बुकिङ भएका युनिटहरूको डेलिभरी सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत भइरहेको जनाइएको छ । गाडी बुकिङ खुल्ला र डेलिभरी सुरु भएसँगै ग्राहकहरुको चासो बढेको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बिबि इन्कर्पोरेटेड प्रालिका सिओओ राजेश रानाभाटले बताए ।
बिक्री शुभारम्भको अवसरमा नेपालको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले विशेष मूल्य तोकेको छ । जस अन्तर्गत ‘इन्ट्रोडक्टरी’ मूल्य ४९ लाख ९९ हजार तोकिएको हो । सीमित अवधिको लागि अर्थात पहिलो सय बुकिङका लागि यो मूल्य लागु हुने जनाइएको छ ।
नेपालभर रहेका २५ आधिकारिक सुजुकी बिक्री केन्द्र र ४० सुजुकी सर्भिस सेन्टरद्वारा प्रदान गरिने अत्याधुनिक सेवा सुविधा, सुनिश्चित स्पेयर पाट्र्सको उपलब्धता, प्रशिक्षित प्राविधिक दक्ष जनशक्ति, र सुधारिएको विद्युतीय सवारी सेवा सक्षमताका कारण सुजुकी ई भिताराले ग्राहकलाई सहज र विश्वसनीय स्वामित्व अनुभव तथा दीर्घकालीन रूपमा कम लागत प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

‘हाल धेरै नयाँ विद्युतीय गाडीहरु बजारमा प्रवेश गरिरहेको समयमा, सुजुकीको दशकौंको विश्वास, राष्ट्रिय स्तरको सेवा पहुँच, र प्रमाणित बिक्रीपश्चात् क्षमताले नेपालभरका ग्राहकका लागि विश्वसनीयता, पाट्र्स सहायता तथा स्वामित्वको विश्वासलाई सुनिश्चित गर्न बलियो फाइदा दिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ४८.८ किलोवाट आवर ब्याट्री क्षमता र ४४० किलोमिटर रेन्ज भएको भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको हो । यो गाडीमा ३ लाख रुपैयाँ बचत गर्ने अवसर ग्राहकलाई रहेको कम्पनीले जनाएको छ । अर्थात यो गाडीको मूल्य छिट्टै बढ्नेछ ।
६१.१ किलोवाट आवर ब्याट्री क्षमता र ५४३ किलोमिटर रेन्ज भएका अन्य भेरियन्टहरूको मूल्य ५३ लाख ९९ हजारदेखि ६० लाख ४९ हजार रुपैयाँसम्म कायम गरिएको छ । यी भेरियन्टहरूमा ग्राहकले ४ लाख रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्नेछन् ।







Comments are closed.