काठमाडौं । मुक्तिनाथ विकास बैंकले संचालन गरेको ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति ‘ अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै बैंकले छात्रवृत्ति प्रदान गरेको हो ।
उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । ‘अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,’ एक विद्यार्थीले भावुक हुँदै भने । अभिभावकहरूले पनि बैंकले गरेको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति नयाँ भरोसा जागेको प्रतिक्रिया दिएका थिए ।
शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार हो, आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व रहेको बैंकले विश्वास लिएको छ । आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।







Comments are closed.