कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय गोगँबु मार्फत ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका अनाथ र असहाय बालबालिकाको लार्गि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरुको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उनले बैंकद्वारा गरिएको सहयोगले बालबालिकाको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताइन् । यस अवसरमा बालबालिकाहरूले खुशी र उत्साह व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरेका छन् ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक र शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । यसले समाजमा शिक्षा तथा बालबालिकाको विकासमा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.