सिद्धार्थ बैंकद्वारा सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस.नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

बालबालिका राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य उनीहरूले हासिल गर्ने ज्ञान र सीपमा निर्भर हुने मान्यताको साथ बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले इन्टरएक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो । यस प्रविधिमैत्री कार्यबाट १२ सामुदायिक विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

उक्त प्रविधिले कक्षाकोठाको शिक्षणलाई दृश्यात्मक र अन्तरक्रियात्मक बनाउनुका साथै पाठ्यवस्तु बुझ्न अझ सजिलो बनाउदै भिडियो, चित्र तथा डिजिटल सामग्रीको प्रयोगबाट विद्यार्थीहरूले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने भएकाले सिकाइ प्रक्रिया अझ रोचक र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

 

You might also like

Comments are closed.