५० लाख ९९ हजार रुपैयाँमै iCAUR V23 किन्न सकिने, सीमित स्टकका लागि विशेष अवसर

काठमाडौं । नेपालका लागि iCAUR आधिकारिक वितरक वितरक SPG Automobiles Pvt. Ltd. ले लोकप्रिय iCAUR V23 मा विशेष सीमितस्टक अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले ५० लाख ९९ हजार रुपैयाँको पूर्व-बजेट मूल्यमा iCAUR V23खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य ५३ लाख९९ हजार रुपैयाँ कायम गरिएको छ।

हालै सार्वजनिक भएको बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा iCAUR V23 को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । तथापि, ग्राहकको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै SPG Automobiles Pvt. Ltd. ले सीमित संख्यामा उपलब्ध स्टकका लागि iCAUR V23 लाई पुरानै मूल्य ५०लाख९९ हजार रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको हो।

यस विशेष अफरमार्फत ग्राहकले ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरी संशोधित आधिकारिक मूल्य ५३ लाख ९९ हजार रुपैयाँ अनुसार हुनेछन्।

iCAUR V23  नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको छ। रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ पध्ज ब्याट्री क्षमता, ४०१ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज, तथा २१० मिमी ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाले यसलाई नेपाली भ्ख् पारखीको रोजाइको गाडी बनाएको कम्पनीले जनाएको छ।

यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकलाई देशभर रहेका आफ्नो नजिकको ष्ऋब्ग्च् शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरेको छ र अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुने कम्पनीले जनाएको छ।

SPG Automobiles Pvt. Ltd. नेपालका लागि OMODA, JAECOO र iCAUR  ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक हो। शारदा समूहको गौरवशाली विरासतसँग आबद्ध क्एन् ब्गतयmयदष्भिक ले नेपाली बजारमा नवीन, दिगो तथा विश्वस्तरीय गतिशीलता समाधानहरू भित्र्याउँदै उत्कृष्ट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

You might also like

Comments are closed.