राष्ट्रिय शिक्षा सम्मान-२०८३ बाट डा. सुमन थपलिया सम्मानित

काठमाडौं । फोकस नेपाल संस्थाद्वारा आयोजित ‘शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू’ विषयक विचार गोष्ठी तथा राष्ट्रिय शिक्षा सम्मान–२०८३ कार्यक्रममा टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलिया सम्मानित भएका छन् । शिक्षा र सूचना प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत उनलाई ताम्रपत्रसहित ‘राष्ट्रिय शिक्षा सम्मान-२०८३’ प्रदान गरिएको हो ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा, सूचना प्रविधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।

साइबर सुरक्षाको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील डा. थपलियाले नेपालमा साइबर सुरक्षा शिक्षा, अनुसन्धान, तालिम तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनकै नेतृत्वमा सूचना प्रविधि शिक्षालाई उद्योगसँग जोड्ने र यसलाई व्यवहारिक एवम् रोजगारमुखी बनाउने अभियानले नेपालमा गति लिएको छ ।

कम उमेरमै विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्न सफल डा. थपलियाले हाल टेक्सास कलेजमा सूचना प्रविधि विभागको नेतृत्व गरिरहेका छन् ।

‘शिक्षा केवल परम्परागत डिग्रीमा मात्र सीमित हुनु हुँदैन, यो उद्योग एकीकृत डिग्री हुनुपर्छ,’ उनी भन्छन् । यस अवधारणालाई व्यवहारमा उतार्दै उनले उद्योगको आवश्यकता अनुसारको सीप, व्यावहारिक ज्ञान र रोजगारीमुखी शिक्षालाई प्रवद्र्धन गर्ने कार्यमा निरन्तर योगदान पु¥याइरहेका छन् ।

सम्मानले नेपालमा गुणस्तरीय, नवप्रवर्तनमुखी तथा उद्योगमैत्री सूचना प्रविधि शिक्षाको विकासमा थप काम गर्न प्रेरणा मिलेको डा. थपलियाले बताए ।

You might also like

Comments are closed.