यामाहा ‘ब्लु फेस्ट’जारी, नागरिकताकै भरमा बाइक लैजान पाइने, २ वर्षसम्म ट्याक्स फ्रि

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु अन्तर्गतको ‘रिसिक अटो मोबाइल्स प्रा. लि.’ ले ललितपुरको लगनखेलमा आयोजना गरेको ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज इभेन्ट जारी छ । असार १४ गते सुरु भएको नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला दाबी गरिएको यो उत्सव असार १९ गतेसम्म सञ्चालन हुनेछ।

‘एक्सचेन्ज, फाइनान्स र एक्सपेरियन्स’ भन्ने नाराका साथ आयोजना गरिएको ‘ब्लु फेस्ट’ मा ग्राहकका लागि आकर्षक र विशेष अफर सार्वजनिक गरिएको छ।

ग्राहकले मात्र आफ्नो नागरिकता बुझाएर सहज रूपमा फाइनान्स सुविधामार्फत यामाहाका बाइक तथा स्कुटरहरू घर लैजान सक्नेछन्। यसका लागि एमएडब्लु हायर पर्चेचले लचिलो फाइनान्स सुविधा उपलब्ध गराएको छ।

मेला अवधिभर सवारी खरिद गर्ने ग्राहकले २ वर्षसम्मको सवारी कर तिर्नुपर्ने छैन भने अन्य विशेष राइड सुविधाहरू समेत पाउनेछन्। नयाँ सवारी खरिदमा विशेष नगद छुटको व्यवस्था गरिएको छ। पुराना मोटरसाइकल वा स्कुटर साट्न चाहने ग्राहकका लागि बजार मूल्यभन्दा उत्कृष्ट र उच्च मूल्याङ्कन प्रदान गरिनेछ। प्रत्येक सवारीको खरिद वा एक्सचेन्जमा ग्राहकले आकर्षक हेलमेट निःशुल्क प्राप्त गर्नेछन्।

You might also like

Comments are closed.