ड्रेस टु इम्प्रेस १३ औँ संस्करणमा चार फेशन डिजाइनर उत्कृष्ट

काठमाडौं । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी ‘आई आई एफ टी’ स्कूल अफ फेसन ७ इन्टेरियर डिजाइनले स्थापनाकालदेखि विद्यार्थीबीच काठमाडौंमा फेशन डिजाइन प्रतिस्पर्धा एवम् प्रस्तुति गर्दै आएको छ । ‘ड्रेस टु इम्प्रेसन’को १३ औँ संस्करण अन्तर्गत फेशन डिजाइन प्रतिस्पर्धा हालै सम्पन्न भएको छ ।

यो प्रतिस्पर्धामा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका १५५ विद्यार्थीहरूले आफ्नो फेशन डिजाइन प्रस्तुत गरे । ती डिजाइनहरू चार फरक अवधारणा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वल्र्ड’, ‘ग्यालाक्टिक फेशन’ र ‘अ पारालाल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।

यी चार ‘सिक्वेन्स’मा भएको प्रतिस्पर्धामा उत्कृष्ट चार डिजाइनर चयन सहित समारोहमा पुरस्कृत भएका छन् । जस अन्तर्गत ‘डान्सिङ विथ द स्टार्स’मा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. २४ प्रेशा थापाले र यही विधामा पब्लिक च्वाईस अवार्ड प्रतियोगी नं। २१ सुजाता खनालले जितिन् । यस्तै ‘अराउन्ड द वल्र्ड’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. सुस्मिता ढुंगानाले र पब्लिक च्वाईस अवार्ड पनि सुस्मिताले नै जितिन् । १३ औँ ‘ड्रेस टु इम्प्रेस’मा ‘ग्यालाक्टिक फेशन’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. १०८ जया थापा र पब्लिक च्वाइस अवार्ड डिजाइनर नं.८४ अनुराधा बोहरा कार्कीले जिते । यस्तै ‘अ पारालाल युनिभर्स’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको पुरस्कार प्रतियोगी नं. ११६ सृजना श्रेष्ठले र पब्लिक च्वाईस अवार्ड श्रीति पाण्डेले हासिल गरे । समारोहमा हरेक विजेताले जनही २० हजार रुपैयाँ, हरेक पब्लिक च्वाईस विजेताले जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारसमेत प्राप्त गरे ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा करिब तीन घण्टासम्म चलेको यो फेशन डिजाइन प्रस्तुतिमा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका विधार्थीहरुको फेशन कलाले दर्शकको मन जित्यो । समारोहमा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता , मिस इको इन्टरनेसनल मिस सेजल राजभण्डारी एवम् सञ्चारकर्मी ओसिन सिटौलाको आतिथ्य फेशन प्रस्तुतिले कार्यक्रमको माहौल अझ भव्य बनेको थियो ।

चमक धमक सहितको आकर्षक लाइट, लयबद्ध संगीतकाृ तालमा क्याटवाक गर्दै भव्य स्टेजमा डिजाईनरहरुले आफ्ना डिजाइन आफैँ मोडल बनेर प्रस्तुत गर्दा सो कार्यक्रम अन्तर्राष्ट्रिय फेशन सो झैँ देखिएको थियो । आफूहरूले विधार्थीहरुको फेसन डिजाइन प्रस्तुति ‘ड्रेस टु इम्प्रेस लाई भव्य बनाउन हरेक वर्ष कुनै कसर बाँकी नराखेको आइआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए ।

समारोहमा विधार्थीबीच भएको फेसन डिजाइन प्रतिस्पर्धाको निर्णायकहरूमा अग्रज फेशन डिजाइनर मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेशन डिजाइनर महेश महर्जन रहेका थिए । फेशन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

You might also like

Comments are closed.