चितवन । चितवन अटोमोबाइल्स एसोसिएसनको आयोजना तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहकार्यमा ‘सामूहिक व्यवसाय तथा व्यावसायिक प्रवर्द्धन गोष्ठी’ सम्पन्न भएको छ । पूर्वी नवलपुरको हर्कपुरस्थित ‘इला कम्फर्ट’मा आयोजित उक्त कार्यक्रम ६६ जना व्यवसायीहरूको उपस्थितिमा थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले सामूहिक व्यवसाय अनुशासन, विश्वास र सहकार्यको जगमा मात्र अगाडि बढ्न सक्ने बताए । उनले चितवन अटोमोबाइल्स एसोसिएसनले अघि बढाउने सामूहिक व्यावसायिक पहलहरूका लागि व्यक्तिगत तथा संस्थागत रूपमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।
चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसीको अध्यक्षतामा आयोसम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कुल बहादुर क्षेत्री र नाडाका कोषाध्यक्ष पंकज अग्रवाल, संस्थाका पूर्व अध्यक्षहरू महसुर पिया, कृष्ण प्रसाद काफ्ले, अमृत जोशी, कृष्ण प्रसाद भण्डारी, सल्लाहकार भिम प्रसाद सुवेदीलगायत कार्यसमितिका पदाधिकारी, सदस्यहरू र विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरूको उपस्थिति थियो ।

संस्थाका कार्यसमिति सदस्य विकास तिमिल्सिनाले कार्यक्रमको संयोजन गरेका थिए भने गोष्ठीमा लुब्रिकेन्ट्स क्षेत्रका ख्यातिप्राप्त केमिस्ट पुरन खत्री र उनको टोलीका साथै ब्याट्री कम्पनी एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिका तर्फबाट दीपक खड्का र सुनिल शर्माले प्राविधिक प्रस्तुति दिएका थिए । प्रस्तुतिपश्चात् सहभागी व्यवसायीहरूसँग अन्तरक्रियासमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव पूर्णभद्र सापकोटाले गरेका थिए ।



Comments are closed.