नेपालका लागि जापानस्थित नेपाली कार्यवाहक राजदूतसँग एफएनजीएसजीजेए प्रतिनिधिमण्डलको भेटघाट

काठमाडौं । .नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ (FNGSGJA) का अध्यक्ष श्री किशन सुनारज्यूको नेतृत्वमा जापान भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज जापानस्थित नेपाली राजदूतावासमा महामहिम कार्यवाहक राजदूत  हरिहरकान्त पौडेलसँग शिष्टाचार भेटघाट सम्पन्न गरेको छ।

भेटघाटका क्रममा जापान भ्रमण तथा Japan Jewellery Fair (JJF) 2026 मा महासंघको सहभागिता, नेपाल र जापानबीच सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रको व्यापारिक सहकार्य, लगानी, प्रविधि आदानप्रदान तथा बजार विस्तारका सम्भावनाका विषयमा महासंघका अध्यक्ष  किसान सुनारले आफ्नो धारणा प्रस्तुत गरेका थिए । साथै, जापानमा रहेका नेपाली समुदाय, जापानी व्यवसायी तथा सम्बन्धित संस्थाहरूसँग सहकार्य विस्तार गर्दै नेपाली आभूषण तथा हस्तकलाजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।

उक्त अवसरमा कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले महासंघको प्रतिनिधिमण्डललाई जापान भ्रमण तथा JJF 2026 मा सहभागिताका लागि शुभकामना व्यक्त गर्दै नेपालको सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र विस्तारका लागि आवश्यक सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटघाटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्षसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल, जापानस्थित नेपाली राजदूतावासका सचिवालयका अधिकारीहरू तथा गैरआवासीय नेपाली संघ (NRNA) जापानका उपाध्यक्ष श्री दीपक सुनारज्यूको उपस्थिति रहेको थियो।

You might also like

Comments are closed.