बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित क्षेत्रका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
बाढीबाट १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको बताए ।
ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरी प्रभावित क्षेत्रमा आज ५०० सोलार पावर बैंक पठाउने तयारी गरिएको छ ।
बाढीका कारण  त्रिशूलीस्थित २२० केभी–३ ‘बी’ हब सवस्टेशन पूर्ण रूपमा क्षति पुगेको छ भने छ वटा प्रसारण लाइन अवरुद्ध छ ।
जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात् ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीपछिको विद्युत् आपूर्तिको अवस्था बुझ्न मन्त्रालय क्रियाशील रहेको बताइन्छ ।
    सिन्धुपाल्चोकको समुन्द्रटारस्थित चौघोडा, धादिङबेंसी सवस्टेशनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । रासस
You might also like

Comments are closed.