विपद् राहत र उद्धारमा एकजुट हुन इक्यानको अपिल, रु. १५ लाख १ हजार प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट उत्पन्न भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले दुःख व्यक्त गरेको छ । बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, गोरखा, चितवन लगायत विभिन्न क्षेत्रमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि तत्काल सहयोग र ऐक्यबद्धताको आवश्यकता रहेको भ्ऋब्ल् ले महसुस गरेको छ ।

यसै सन्दर्भमा, २०८३ भाद्र १३ गते होटल एभरेस्ट, काठमाडौंमा आयोजना हुने तय भएको इक्यानको ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह (30th ECAN Day Celebration)अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय इक्याले गरेको छ ।

राष्ट्र प्राकृतिक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा उत्सवभन्दा मानवीय सेवा, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भावनासहित इक्यानले उक्त कार्यक्रम स्थगित गरेको हो । इक्यानको ३०औँ स्थापना दिवसलाई प्रभावित नागरिकको दुःखमा साथ दिने र राष्ट्रिय विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा तत्काल योगदान पु¥याउने उद्देश्यले इक्यानको केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ गरी कुल पन्ध्र लाख एक हजार रुपैयाँ प्रारम्भिक सहयोग सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन हुने प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने जनाएको छ ।

यस विपद्को घडीमाइक्याले आफ्ना सम्पूर्ण सदस्य, सदस्य संस्था, शैक्षिक परामर्श व्यवसायी, विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक , साझेदार संस्था, सरोकारवाला तथा सम्पूर्ण शुभेच्छुकलाई स्वेच्छिक रूपमा आफूले सक्ने सहयोग प्रदान गरी राष्ट्रिय राहत अभियानमा हातेमालो गर्न अपिल गरेको छ ।

इक्यानमार्फत संकलित सहयोग रकम पारदर्शी रूपमा सरकारको सम्बन्धित राहत कोष÷सम्बन्धित निकायमार्फत प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा योगदान पुग्ने गरी हस्तान्तरण गरिन इक्यानले जनाएको छ ।

बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने बेपत्ता भएका सम्पूर्ण नागरिक शीघ्र सकुशल आफ्ना परिवारको सम्पर्कमा आउन सकून् भन्ने कामना समेत गरेको छ ।

You might also like

Comments are closed.