काठमाडौं । कंगारु एजुकेसन फाउन्डेसनका नेपालस्थित कार्यालयहरूले भोटेकोशी बाढी तथा नेपाल–तिब्बत सीमा क्षेत्रमा हालै आएको बाढी र पहिरोबाट प्रभावित समुदायको उद्धार तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएका छन् । फाउण्डेसनका नेपालमा रहेका कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार सहयोग गर्ने घोषणा गरेका छन्।
प्रभावित जिल्लामा भएको क्षतिको अवस्था निकै गम्भीर छ। धेरै परिवारले आफ्नो घर, जीविकोपार्जनका आधार गुमाएका छन् भने कतिपयले आफ्ना प्रियजनसमेत गुमाउनुपरेको छ। यस्तो कठिन परिस्थितिबाट गुज्रिरहेका प्रत्येक परिवारप्रति कंगारुले समवेदना व्यक्त गरेको छ ।
फाउण्डेनसले विद्यार्थी, कर्मचारी, पूर्वविद्यार्थी तथा साझेदारलाई पनि आफूले सक्ने जुनसुकै माध्यमबाट राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।




Comments are closed.