काठमाडौं । पद्म ज्योति समूहले देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायको राहत एवम् पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड योगदान गरेको छ ।
ग्रुपका तर्फबाट पद्म ज्योती, सौरभ ज्योती र सुहृत ज्योतीले अर्थमन्त्री डा. स्वर्मिण वाग्लेलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।
बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार, राहत सामग्री वितरण तथा क्षतिग्रस्त संरचनाको पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरिएको ग्रुपले जनाएको छ ।

विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित सम्पूर्ण नागरिक तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै समूहले पीडितहरूको शीघ्र पुनस्र्थापनाको कामना समेत गरेको छ ।
नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घरानामा गनिने पद्म ज्योति समूहले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा आइपर्ने प्राकृतिक विपद् र संकटका समयमा निरन्तर सहयोग पुर्याउँदै आएको छ ।






Comments are closed.