उद्धार कोषमा एमएडब्लू ग्रुपको १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवाका बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ग्रुपका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवालले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

विपदको समयमा प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले एमएडब्लू ग्रुपले उक्त सहयोग रकम प्रदान गरेको हो।

You might also like

Comments are closed.