काठमाडौं । JCI Vyasnagar वर्ष २०२३ का अध्यक्ष राजु रानाको नेतृत्वमा रहेको कार्यकारिणी समितिले बाढीबाट प्रभावित परिवारको सहयोगार्थ रु. ५१,०२३.२६ (अक्षरेपी एकाउन्न हजार तेइस रुपैयाँ छब्बीस पैसा) आर्थिक सहयोग गरेको छ।
हालै आएको बाढीका कारण रसुवालगायत विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्। पीडित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले JCI Vyasnagar 2023 का अध्यक्ष जेसी राजु रानाको नेतृत्वमा तत्कालीन कार्यकारिणी समिति तथा जेसीज सदस्यको पहलमा उक्त रकम संकलन गरी सहयोग गरिएको हो।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै स्थापना भएको JCI Vyasnagar ले विपद्को समयमा पीडित तथा प्रभावित समुदायको साथमा उभिनुपर्ने मान्यताअनुरूप यो सहयोग गरिएको अध्यक्ष जेसी राजु रानाले बताए।
उनले भने, पद र कार्यकाल समाप्त भए पनि समाजप्रतिको हाम्रो जिम्मेवारी कहिल्यै समाप्त हुँदैन। विपद्को समयमा हामीले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु नै वास्तविक मानवीय दायित्व हो।”
यस सहयोग अभियानमा साथ दिने JCI Vyasnagar 2023 का सम्पूर्ण कार्यकारिणी समिति, जेसीज सदस्य तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
JCI Vyasnagar ले विगतमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि समाजमा आवश्यक पर्ने क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएको छ।




Comments are closed.