सिप्रदी समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख सहयोग

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले सिप्रदी समूहले सरकारलाई आर्थिक सहयोग गरेको छ। सिप्रदी समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग हुन् ।

उक्त रकम बराबरको चेक कम्पनीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । यो सहयोग बाढी प्रभावित क्षेत्रका तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार, राहत, स्वास्थ्य उपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनामा उपयोग हुने कम्पनीले विश्वास लिएको छ ।

‘यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल सहयोग पु¥याउनु हाम्रो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो,’ कम्पनीद्वारा जारी सन्देशमा उल्लेख छ । वित्तीय सहयोगका अतिरिक्त कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको संस्था ‘सिप्रदियन सहायता संस्था’मार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोगका कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमै पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराइरहेका छन् ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवार र समुदायसँगै उभिनु आफ्नो जिम्मेवारी रहेको बोध गर्दै सिप्रदीले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । ‘नेपालको यो कठिन घडीमा, हामी सबै एकजुट भएर साथमा उभिएका छौं,’ कम्पनीले ऐक्यबद्धता प्रकट गरेको छ ।

You might also like

Comments are closed.