बाढीपीडितलाई सहास ऊर्जाको १ करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं। सहास ऊर्जा लिमिटेडले भोटेकोसी बाढी पीडितका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। सहासले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको अध्यक्ष हिमप्रसाद पाठकले बताए।

८६ मेगावाटको सोलु दूधकोसी र ५ मेगावाटको हुग्दीखोला आयोजना सञ्चालन गरिरहेको सहासले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बनाइरहेको छ।

You might also like

Comments are closed.