चितवन। चितवन अटोमोबाइल एसोसिएसनले रसुवा तथा भोटेकोशी बाढी पीडितहरूको राहत र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
एसोसिएसनले बाढी प्रभावितहरूको सहयोगार्थ ५ लाख ४३ हजार २२३ रुपैयाँको चेक चितवन उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिएको हो। चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।
बाढी पीडितको उद्धार, राहत तथा दिगो पुनःस्थापनामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।
सहयोग हस्तान्तरण गर्दै चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले प्राकृतिक विपद्को यो कठिन घडीमा पीडितहरूलाई मलम लगाउनु सबैको कर्तव्य भएको बताए। “विपद्को यस्तो भयावह अवस्थामा राज्यको एकल प्रयास मात्र पर्याप्त हुँदैन, सबै क्षेत्र र उद्योगी(व्यवसायीहरूले आ(आफ्नो ठाउँबाट हात माथि उठाउनु आवश्यक छ,” अध्यक्ष केसीले भने, “सामाजिक उत्तरदायित्व बोध गर्दै हामीले यो सानो सहयोग हस्तान्तरण गरेका हौँ। आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा हाम्रो निरन्तर साथ रहनेछ।”
विपद्का बेला निजी क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले प्रभावित क्षेत्रमा राहत तथा पुनरुत्थानको कामलाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




Comments are closed.