पोखरा । पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यार्थीका शैक्षिक उपलब्धिलाई मध्यनजर गर्दै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
समयसमयमा विभिन्न स्वस्थ्यसँग सम्बन्धित कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। यस्तै सिलसिलामा बुधवारदेखि विद्यालयमा पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर प्रालिसँगको सहकार्यमा दन्त शिविर सुरु भएको छ । शिविर २ दिनसम्म संचालन हुनेछ ।
पहिलो दिन कक्षा १ देखि १० कक्षाका विद्यार्थीलाई मुख स्वस्थ्य सम्बन्धि सचेतना र दाँत परीक्षण गराइएको छ। बिहीवार कक्षा ११ र १२ का विद्यार्थीलाई मुख स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रमका साथमा दन्त परीक्षण गरिने छ ।
शरीर स्वस्थ राख्न पहिले दाँत स्वस्थ हुनुपर्ने भएकाले दन्त शिविरको आयोजना गरिएको विद्यालयको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए।
डा. पूजा कोइरालाको नेतृत्वको टोलीले विद्यार्थीलाई दाँत कसरी सुरक्षित र स्वस्थ राख्ने तथा दाँतको विभिन्न उपचार पद्धतिहरूका बारेमा समेत सचेत गराएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।



Comments are closed.