होटल क्विन्स पार्क पोखराद्वारा बाढी पीडितका लागि सहयोग

पोखरा । पोखराको लेकसाइडमा सञ्चालित होटल क्विन्स पार्कले देशका विभिन्न भागमा गएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले १ लाख २१ हजार ८ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।

प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित नागरिकको घाउमा मलम लगाउन निजी क्षेत्र र व्यावसायिक प्रतिष्ठानहरूको ठूलो भूमिका रहने भन्दै होटल व्यवस्थापनले सहयोग हस्तान्तरण गरेको हो । साथै, होटलले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.