पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यु’ पोखरामा सार्वजनिक हुने भएको छ । नेपालमै बनेको यो गाडी पोखरास्थित हुन्डाई सोरुम बुद्धचोकमा सेप्टेम्बर २३ बुधबार बिहान ११ः०० बजे कार्यक्रमका बीच नयाँ भेन्यु सार्वजनिक गर्न लागिएको हो ।
यसअघि गत सोमबार मात्र बुटवलमा एक विशेष कार्यक्रमको आयोजना गरी यो गाडी सार्वजनिक गरिएको थियो । बुटवलपछि अब पोखराका ग्राहकहरूका लागि पनि नयाँ भेन्युको अनुभव र अवलोकन सहज बनाउन लागिएको कम्पनीले जनाएको छ । गत साउनमा नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको यो गाडी शोरुमहरुमा सार्वजनिक गर्न लागिएको हो ।
अत्याकर्षक डिजाइन, आधुनिक प्रविधि र आरामदायी सुविधासहित बजारमा आएको ‘अल न्यू भेन्यु’ मा धेरै नयाँ र उत्कृष्ट विशेषताहरू समावेश गरिएका छन् । गाडीको बाहिरी भागमा ट्विन हर्न एलईडी डीआरएल, एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निसजस्ता आकर्षक डिजाइन देख्न सकिन्छ ।
त्यस्तै, गाडीभित्र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड सनरुफजस्ता अत्याधुनिक सुविधाहरू छन् ।
‘अल न्यू भेन्यु’ मा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प दिइएको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न भेरियन्ट छनोट गर्न सक्नेछन् । यो गाडी एचएक्स टु, एचएक्स फाइब प्लस र एचएक्स फाइब डिसिटि गरी तीन भेरियन्टमा उपलब्ध छन् ।

सुरक्षालाई विशेष ध्यान दिँदै गाडीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट जस्ता आधुनिक सुरक्षा फिचरहरू समावेश गरिएका छन् ।
नेपाली बजारमा अल न्यू भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । बुधबार पोखराको बुद्धचोकस्थित हुन्डाई सोरुममा गाडी सार्वजनिक भएसँगै ग्राहकहरूले सोरुममै पुगेर नयाँ भेन्युको डिजाइन, इन्टेरियर, सुविधा र पर्फर्मेन्सबारे प्रत्यक्ष जानकारी लिनुका साथै गाडी हेर्न र बुकिङ गर्न सक्नेछन् ।




Comments are closed.