काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट (KGH Group of Hotel and Resort) सँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।
उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट अन्तर्गतका काठमाडौंमा स्थित माया मनोर बुटिक होटल , पोखरामा स्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोटमा विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्ग ले जानकारी दिए
। त्यसैगरी, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध हुने बताइएको छ ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।
साथै मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने Auto Loan सञ्चालनमा ल्याएको छ ।



Comments are closed.