काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ अब भैरहवा, बुटवल, र दाङमा पनि औपचारिक रूपमा भित्रिएको छ। यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुन्डाईको यो नयाँ र आधुनिक कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अनुभव लिन पाउनेछन्।
All-new VENUE को आकर्षक र बोल्ड डिजाइनका साथै थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको सम्मिश्रण पाउन सकिन्छ। यसको फराकिलो र बलियो डिजाइनलाई Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille र Signature C-Pillar Garnish ले अझ आकर्षक बनाएको छ। गाडीको क्याबिनमा 10.25-inch ccNC Infotainment System, Wireless Apple CarPlay र Android Auto, Digital Cluster तथा Powered Tilt-and-Slide Sunroof जस्ता अत्याधुनिक फिचर समावेश रहेको कम्पनीले जनाएको छ।
Performance का लागि all-new VENUE मा Kappa 1.2-litre MPi Petrol र Kappa 1.0-litre Turbo GDi Petrol इन्जिनको विकल्प दिइएको छ। यसले दैनिक यात्राका लागि सहज Performance देखि अझ बढी Responsive Turbo Performance सम्मको विकल्प ग्राहकलाई प्रदान गर्छ। सुरक्षालाई विशेष ध्यान दिँदै all-new VENUE मा 6 Airbags, ABS with EBD, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM) र Hill-start Assist Control (HAC) जस्ता सुरक्षा सुविधाहरू उपलब्ध छन्।
नेपाली बजारमा all-new VENUE अब मात्र रु. ४८.९६ (48.96 Lakhs) लाखको सुरुवाती मूल्यमा उपलब्ध छ। यो गाडी मुख्यतया तीनवटा भेरियन्टमा उपलब्ध छ: HX 2 (1,197cc Petrol), HX 5+ (1,197cc Petrol), HX 5 DCT (998cc Petrol). विभिन्न भेरियन्टका विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता र रुचि अनुसार गाडी छनोट गर्न सहज बनाउँछ।
All-new VENUE अब भैरहवा, बुटवल, र दाङस्थित हुन्डाई सोरुमहरूमा उपलब्ध भइसकेको छ। ग्राहकहरूले सोरुममै पुगेर यसको आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र उत्कृष्ट पर्फर्मेन्सलाई नजिकबाट अनुभव गर्नुका साथै थप जानकारी लिन सक्नेछन् ।




Comments are closed.