पोखरा । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यु’ पोखरामा पनि भित्रिएको छ । यससँगै पोखरा तथा आसपासका ग्राहकले हुन्डाईको यो नयाँ र आधुनिक कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अनुभव लिन तथा अवलोकन गर्न सक्नेछन् ।
‘अल–न्यु भेन्यु’ले आफ्नो आकर्षक र बोल्ड डिजाइनका साथै थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको अनुपम सम्मिश्रण प्रस्तुत गरेको छ । गाडीको फराकिलो र बलियो बडीलाई ट्विन हर्न एलइडी डिआरएलएस, होराइजन एलइडी रियर कम्बोनेसन ल्याम्प्स, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गारनिसले अझ आकर्षक बनाएको छ ।
गाडीको क्याबिनभित्र चालक तथा यात्रुहरूको सुविधा र मनोरञ्जनलाई ध्यानमा राख्दै १०.२५ इन्च सिसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट–एन्ड–स्लाइड सनरुफ जस्ता अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ ।
दैनिक सहरी यात्रादेखि रमाइलो ड्राइभसम्मका लागि यसमा कप्पा १.२ लिटर एमपिआई पेट्रोल र अझ बढी उत्तरदायी पर्फर्मेन्सका लागि कप्पा १.० लिटर टर्बो जिडिआई पेट्रोल इन्जिन विकल्पहरू उपलब्ध गराइएको छ । ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यसमा ६ वटा एयरब्याग्स, एबीएस विथ इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्र्ट असिस्ट कन्ट्रोल जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू उपलब्ध गराइएका छन् ।

नेपाली बजारमा ‘अल–न्यु भेन्यु’को सुरुवाती मूल्य रु. ४८.९६ लाख तोकिएको छ । ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार छनोट गर्न सकिने गरी यो गाडी एचएक्स २ (११९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (११९७ सीसी पेट्रोल) र एचएक्स ५ डिसिटी (९९८ सीसी पेट्रोल) गरी मुख्यतया तीनवटा भेरियन्टमा उपलब्ध छ । ‘अल–न्यु भेन्यु’ अब पोखरास्थित हुन्डाई सोरुममा उपलब्ध भइसकेको छ । कम्पनीले पोखरावासी तथा आसपासका ग्राहकहरूलाई सोरुममै पुगेर गाडीको आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र उत्कृष्ट पर्फर्मेन्सलाई नजिकबाट अनुभव गर्न तथा थप जानकारी लिन आग्रह गरेको छ ।






Comments are closed.