हिमालय एअरलाइन्सको काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान पुनः सुचारु

काठमाडौं । हिमालय एअरलाइन्स (IATA: H9) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(TIA) , काठमाडौं र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) , सांघाईबीच सोमबार, सेप्टेम्बर २८, २०२६ देखि नियमित सिधा उडान सेवा पुनः सुरु गरेको छ ।

एअरलाइन्सको उडान नम्बर H9 780 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट सेप्टेम्बर २८ मा साँझ ०७ः११ बजे सांघाईको लागि प्रस्थान गरेको थियो । उक्त उडान सेप्टेम्बर २९ बिहान चिनियाँ समय अनुसार ०२ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । त्यसैगरि, उडान नम्बर H9 781 सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि सेप्टेम्बर २९ मा चिनियाँ समय अनुसार बिहान ०४ः३६ मा प्रस्थान गरि सोहि दिन नेपाली समय अनुसार बिहान ०८ः१३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो ।

यस उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको छ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्वपूर्ण हवाई सम्पर्क पुनःस्थापित भएको छ ।

हिमालय एअरलाइन्सले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्दैछ । काठमाडौं–सांघाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं फर्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । एअरलाइन्स्ले यात्रुको माग तथा उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्नेछ ।

काठमाडौं–सांघाई–काठमाडौं उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौं र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्दैछ । काठमाडौं–सांघाई–काठमाडौं ले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्रा सेवा प्रदान गर्ने एअरलाइन्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताइएको छ । साथै, यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको सम्पर्क र आदानप्रदानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास एअरलाइन्सको छ ।

नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने छ । यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पु¥याउने हाम्रो अपेक्षा छ । यसले नेपालको आर्थिक पुनरुत्थान तथा आर्थिक वृद्धिका लक्ष्यलाई समेत सहयोग पु¥याउनेछ ।

Sector Effective Dates Days Departure Arrival
KTM-PVG 28th Sep-23rd Oct Monday, Friday 18:25 02:00+1
PVG-KTM 29th Sep-24th Oct Tuesday, Saturday 03:00 07:10

नोटः उल्लेखित सबै समय स्थानीय समयअनुसार हुन् । +१ ले अर्को दिन आगमन हुने जनाउँछ ।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित उडान पुनः सञ्चालन भएको बारे जानकारी दिदै भने, “ हिमालय एअरलाइन्स् नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन तत्पर छ । हामीले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएका छौँ । काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा पूनः सुरु हुन लागेको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एअरलाइन्स्को उद्देश्यलाई प्रोत्साहन गर्दछ । यस रुटमार्फत हिमालय एअरलाइन्स्ले यात्रुलाई अविस्मरणीय यात्रा अनुभव प्रदान गर्नुका साथै सुरक्षा र सेवाको उच्चतम मापदण्ड कायम राख्ने लक्ष्य लिएको छ ।”

हिमालय एअरलाइन्ससँग यात्रा गर्न चाहने यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्सको आधिकारिक वेबसाइट र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौं–सांघाई–काठमाडौं उडानको टिकट बुक गर्न सकिने छ ।

हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड  र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्स ।

हिमालय एअरलाइन्ससँग हाल ४ वटा विमान छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

एअरलाइन्सले साउथ एशियन ट्राभल अवार्डसर्् ९क्ब्त्ब्० २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, , IOSA अपरेटरको रूपमा प्रमाणित र क्ष्ब्त्ब् सदस्य एअरलाइन्सको रूपमा दर्ता भएको हिमालय एअरलाइन्स नेपालको पहिलो र एकमात्र एअरलाइन्स् होे ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स AEDs जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्सले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्सको रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको एअरलाइन्सले जनाएको छ  ।

You might also like

Comments are closed.