काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ ।
यस सम्झौतापश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड,क्रेडिट कार्ड होल्डरहरुले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट सामान खरिद गर्दा सहजै इन्स्ट्यान्ट पर्चेज क्रेडिट लुप क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले आफ्नो सिटिजन्स बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड मार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी लुप इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।
यस सुविधाले ग्राहकलाई आवश्यकता अनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न, खरिद प्रक्रियालाई सहज बनाउन र सरल भुक्तानीको अनुभव लिन मद्दत पुर्याउने अपेक्षा गरिएको छ । सिटीटेक ग्रुपसँगको यस सहकार्यले डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप सहज र पहुँचयोग्य बनाउन सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । यसबाट ग्राहकहरूले आधुनिक डिजिटल बैंकिङ सेवाको लाभ उठाउँदै आफ्नो दैनिक खरिद तथा भुक्तानीलाई अझ सुविधाजनक बनाउन सक्नेछन् ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।






Comments are closed.