काठमाडौं । हिमालयन राइडर्स चितवनको आयोजनामा चितवनको भरतपुरदेखि बागलुङको प्रमुख पर्यटकीय गन्तव्य ढोरपाटनसम्मको मोटरसाइकल राइड सम्पन्न भएको छ।
चितवनका अटोमोबाइल व्यवसायीको उत्साहजनक सहभागिता रहेको उक्त राइड कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन भएको थियो।
आन्तरिक पर्यटन र ‘राइड टुरिजम’को प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित यो यात्रा निकै उपलब्धिमूलक र महत्त्वपूर्ण बनेको हिमालयन राइडर्सका संयोजक अमित जोशीले जानकारी दिए ।




Comments are closed.